जापानको चिवामा चक्कु प्रहारबाट २१ वर्षीय एक जना नेपाली युवकको निधन भएको छ ।
चिवा प्रिफेक्चस्थित नरासिनो सिटीमा चक्कु प्रहारबाट म्याग्दी घर भई जापान बस्ने बादल छन्त्यालको निधन भएको हो ।
कास्कीको पोखरामा बसोबास गर्दै आएका छन्त्यालको उनकै प्रेमिका जापानी युवतीले चक्कु प्रहार गरी हत्या गरेको अनुमान गरिएको छ ।
स्रोतका अनुसार करिब ३० वर्ष उमेरसमूहकी निज युवती र छन्त्यालमाझ गत एक वर्षदेखि प्रेमसम्बन्ध रहेको थियो । प्रेममा खटपटपछि छुट्ने निर्णय गरेर अन्तिम भेटका लागि छन्त्याल होटल गएका थिए । त्यस होटलमा उनीहरू गत एक वर्षदेखि हरेक आइतबार जाने गर्दथे ।
आइतबार बिहान ३ बजेसम्म छन्त्याल आफ्ना साथीहरूसँग सम्पर्कमै रहेको बुझिएको छ । त्यसपछि उनका दाजु तेजेन छन्त्यालले आइतबार बेलुका साँझ ५ बजेको आसपासमा मृत अवस्थामा भेटिएको खबर पाएको बताए ।
छन्त्यालको शरीरमा दुईभन्दा बढीपटक छुरा गरिएको प्रहरीले दिएको जानकारी छ ।
निजको शवको पोस्टमार्टम बुधबार गरिने जानकारी दिइएको छ ।
अर्जुन लामिछाने, टोकियो ।