जापानको चिबामा नेपाली युवाको हत्या
- तपाईंको न्युज
- २०८२ आश्विन २०, सोमबार
जापानको चिवा सिटीमा भएको चक्कु प्रहारमा म्याग्दी घर भई पोखरा बसोबास गर्दै आएका बादल छन्त्यालको मृत्यु भएको छ।
प्रहरीका अनुसार उनको हत्या करिब ३० वर्षीया जापानी प्रेमिकाले गरेकी हुन्।एक वर्षदेखि सम्बन्धमा रहेका उनीहरूबीच खटपट आएपछि छुट्टिने क्रममा विवाद भई होटलको कोठामै हत्या भएको बताइन्छ।
घटनाबारे जापानी प्रहरीले विस्तृत अनुसन्धान जारी राखेको छ।
प्रतिक्रिया दिनुहोस