बुधबार, असोज २९ २०८२

बुधबार, असोज २९ २०८२
  • २९ असोज २०८२ , बुधबार
  • October 15 2025

जापानको चिवामा चक्कु प्रहारबाट पोखरेली युवकको मृत्यु

जापानको चिवामा चक्कु प्रहारबाट पोखरेली युवकको मृत्यु


  • ढाेरपाटन संवाददाता
  • असोज २० २०८२, सोमबार
173 Shares
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button

जापान/  जापानको चिवा प्रिफेक्चरस्थित नराशिनो सिटीमा चक्कु प्रहारबाट एक नेपाली युवकको मृत्यु भएको छ। मृतकमा म्याग्दी जिल्ला घर भई पोखरा बसोबास गर्दै आएका बादल छन्त्याल रहेका छन् ।

प्रहरीका अनुसार छन्त्यालको हत्या उनको जापानी प्रेमिकाले गरेकी हुन् । करिब ३० वर्ष उमेर समूहकी ती जापानी युवती र छन्त्यालबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ। सम्बन्धमा खटपट आएपछि दुवैले अलग हुने निर्णय गरेका थिए। त्यसै क्रममा अन्तिम पटक भेट गर्नका लागि छन्त्याल आफ्नी प्रेमिकासँग नियमित जाने होटलमा पुगेका थिए। उक्त होटलमा उनीहरू हरेक आइतवार भेट्ने गरेको बताइन्छ।

प्रहरीले दिएको विवरणअनुसार आइतवार बिहान करिब ३ बजेसम्म छन्त्याल आफ्ना साथीहरूसँग सम्पर्कमा थिए। तर बेलुका करिब ५ बजे उनका दाजु तेजेन छन्त्यालले भाइको मृत अवस्थाको खबर पाएका थिए। घटनास्थल ती दुवैजना नियमित रूपमा जाने सोही होटलको कोठा रहेको बताइएको छ। प्रहरीले छन्त्यालको शरीरमा दुई वा बढी पटक चक्कु प्रहार गरिएको पुष्टि गरेको छ।

छन्त्यालको शवको पोस्टमार्टम यही असोज २३ गते (अक्टोबर ८ तारिख) गरिने बताइएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको जापानी प्रहरीले जनाएको जापानबाट पत्रकार जीवन सुवेदीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार