जापानमा चक्कु प्रहारबाट म्याग्दीका एक युवाको मृत्यु

  म्याग्दी न्यूज संवाददाता
217 Shares
facebook sharing button
twitter sharing button
email sharing button
sms sharing button
messenger sharing button
sharethis sharing button

जापान । जापानमा चक्कु प्रहारबाट एक म्याग्दीली युवकको हत्या भएको छ । म्याग्दी जिल्ला घर भई पोखराका २१ वर्षीय  बादल छन्त्यालको चक्कु प्रहारबाट हत्या भएको हो ।

जापानको चिवा प्रिफेक्चरस्थित नराशिनो सिटीमा आफ्नै प्रेमीकाले चक्कु प्रहार गरि  छन्त्यालको हत्या गरेको बताइएको छ । हत्या आरोपमा बादलकी प्रेमिका भनिएकी  जापानी अन्दाजी तीस वर्षीय एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ति युवतीलाई नियन्त्रणमा लिएर  घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको बादलका आफन्तले जनाएका छन्  । आवश्यक समन्वय भइरहेको मोना जापानका अध्यक्ष गणेश श्रेष्ठले बताउनुभयो । मृतक छन्त्याल र प्रेमिका बीच सम्बन्धमा खटपट भएपछि  छुट्ने निर्णय गरेर अन्तिम भेटका लागि होटलमा पुगेका थिए ।

प्रहरीले दिएको जानकारी अनुसार ,उनीहरुबीच बिगत १ बर्ष देखी चीनाजानी रहेको देखिएको छ । सम्बन्धमा खटपट आएपछि अन्तमा दुबै जना छुट्ने भनेर बादल अन्तिम भेटका लागि होटल गएका रहेछन, जुन होटलमा उनीहरु बिगत केही समय देखी भेट्दै आएका रहेछन । आइतबार बिहान ३ बजे सम्म बादल आफ्ना साथीहरुसँग सम्पर्कमै रहेको बुझिएकोछ ।

त्यसपछी उहाँका दाजु तेजिन छन्त्यालले आइतवार बेलुका ४/५ बजेको आसपासमा मृत अवस्थामा भेटिएको खबर पाउनुभयो । सोही होटलमा बादलको शरीरमा २ वा दुई भन्दा बढी पटक छुरा हानिएको प्रहरीले जानकारी दिएको छ । बादलको पोस्टमार्टम ८ तारिख हुनेभएको छ ।  शव नेपाल ल्याउने पारिवारिक स्रोतले जनाएको छ । शव नेपाल ल्याउन धेरै खर्च हुने भएकोले जापानमा आर्थिक सहयोग रकम जुटाउन थालिएको छ । घटनाको विस्तृत अनुसन्धान जारी रहेको जापानी प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार